काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । आज बिहान ८ बजेदेखि बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेका उजुरीमाथि छलफल थालिएको हो ।
समितिले यसअघि वैशाख २५ गते डा. शर्माविरुद्ध उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । निर्धारित समयभित्र शर्माका सम्बन्धमा १६ वटा उजुरी दर्ता भएका छन् ।
ती उजुरीका विषयमा समितिमा छलफल गरी प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग आवश्यक स्पष्टीकरणसमेत लिने कार्यसूची रहेको बताइएको छ ।