मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, नियमावली प्रतिवेदन र बजेट सिद्धान्तमा छलफल

सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बिहान ११:०० बजे र राष्ट्रियसभा दिउँसो १:१५ बजे बस्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) छलफल पनि आजैबाट प्रारम्भ हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने कार्यसूची रहेको छ।

दुवै सदनमा बजेट पूर्वतयारीसम्बन्धी छलफल अघि बढ्ने भएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।