काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन १० दशमलव शुन्य सात अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार एक दशमलव ७७ अंकले बढेर २७ सय ३१ दशमलव ९४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले बढेर चार सय ६७ दशमलव ५५ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको ४३ हजार छ सय ७५ पटकको कारोबारमा ७९ लाख ३४ हजार चार सय ४४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब नौं करोड ७९ लाख ५३ हजार चार सय ८६ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बााणिज्य बैंक समुहको सुचक एक दशमलव ९९ अंकले बढेर १४ सय ४५ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक दुई दशमलव ५७ अंकले बढेर तीन हजार आठ सय २० दशमलव ९६ अंकमा पुगेको छ। निर्जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ७९ अंकले बढेर १० हजार सात सय ७३ दशमलव ८७ अंकमा पुगेकोमा होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक दुई दशमलव ५१ अंकले घटेर पाँच हजार आठ सय १६ दशमलव ८९ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २० दशमलव ५६ अंकले घटेर १२ हजार चार सय दुई दशमलव ९३ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल बैंकको ऋणपत्र २०८९ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो युनियन हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा युनियन हाईड्रोपावर कम्पनी नैं पहिलो स्थानमा परेको छ।