मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अमृत झाको रिहाइबारे प्रक्रियामै छ: परराष्ट्र मन्त्रालय

शुक्रबार, बैशाख ११ २०८३

काठमाडौं । स्ट्रेट अफ होर्मुजबाट इरानले पक्राउ गरेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया जारी नै रहेको सरकारले बताएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइ प्रक्रिया जारी नै रहेको बताएका छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, उनी हालसम्म पनि इरानको जेलमै बन्दी रहेको पाइएपछि चौतर्फी आलोचना भएको थियो ।

‘द्वन्द्व सुरु हुनुअघि नै पक्राउ परेर इरानको बन्दर अब्बासमा राखिएका नेपाली नागरिक अमृत झासंलग्न रहेको पानी जहाजको मुद्दाका बारेमा त्यहाँको स्थानीय अदालतमा एक चरणको फैसला भई त्यसमा संलग्न ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन् ।  बाँकीको पनि रिहाइ प्रक्रिया अघि बढेको छ,’ प्रवक्ता क्षेत्रीले भने ।

इरानको हालको विषम परिस्थिति, त्यहाँको न्यायिक प्रणालीअर्न्तगत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकाले ती प्रक्रिया टुंगिन अझै केही दिन लाग्ने उनले बताए ।