मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नागरिक उड्डयन प्राधिकरणमा ७५ पदमा जागिर खुला, चैत २६ भित्र आवेदन दिन सकिने

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै तह ९ देखि तह ४ सम्मका प्रशासनिक तथा प्राविधिक समूहका पदहरूमा आवेदन खुलाएको जनाएको छ ।

सूचनाअनुसार प्रशासन र प्राविधिकतर्फ प्रबन्धक पदमा एक/एक जना कर्मचारी माग गरिएको छ । प्रशासनतर्फको प्रबन्धक पदमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्ति गरिने उल्लेख गरिएको छ ।

यस्तै, उपप्रबन्धक पदमा प्रशासनतर्फ एक जना र प्राविधिकतर्फ दुई जना कर्मचारी आवश्यक रहेको जनाइएको छ । साथै वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी पूर्ति गरिनेछ ।

आवेदन दिने अन्तिम म्याद चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

दरखास्त दस्तुरअनुसार तह ९ र ८ का लागि १६०० रुपैयाँ, तह ७ र ६ का लागि १२०० रुपैयाँ तथा तह ५ र ४ का लागि ६०० रुपैयाँ तोकिएको छ । थप समूहका लागि भने सम्बन्धित तहको दस्तुरमा ५० प्रतिशत अतिरिक्त शुल्क लाग्ने प्राधिकरणले जनाएको छ ।