मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

आइतबार, फाल्गुन १० २०८२

काठमाडौं । कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोटेश्वरले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले फागुन ९ गते शनिबार कुटुम्ब साकोस अगाडि सामान्य चिकित्सा, नसा, हाडजोर्नी, मुटुरोग तथा स्त्रीरोग विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक औषधि वितरण गरेको जनाएको छ।

“सबल, गुणस्तरीय, व्यावसायिक कुटुम्ब सहकारी – कुटुम्बको हात तपाईंको माझ, समृद्धिका लागि निरन्तर साथ” भन्ने नारासहित सञ्चालनमा रहेको संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त स्वास्थ्य शिविर आयोजना गरेको हो।

कार्यक्रम मनमोहन मेमोरियल सामुदायिक अस्पतालसँगको सहकार्यमा सम्पन्न गरिएको संस्थाले जनाएको छ। अस्पतालबाट आवश्यक प्राविधिक सहयोग, स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध गराइएको थियो।

सहकारीका सदस्य तथा तिनका परिवारमा रहेका विभिन्न रोगहरूको पहिचान गरी उचित उपचार र परामर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाको भनाइ छ। सहकार्यका लागि अस्पताललाई सम्मान–पत्र प्रदान गर्दै आगामी दिनमा समेत सामाजिक कार्यमा सहकार्यको अपेक्षा गरिएको छ।

संस्थाले अस्पतालको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।