बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बिहिबार, माघ २९ २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमै सुरु हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

टस जितेको इटालीले नेपाललाई पहिले ब्याटिङ गर्न निम्तो दिएको हो। दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ।

पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको नेपालका लागि यो खेल निकै निर्णायक मानिएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो, जसले नेपाली टोलीको प्रतिस्पर्धात्मक क्षमता देखाएको थियो ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा नेपालले समूह चरणका चार खेल भारतमै खेल्दैछ । सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई हराएयता विश्वकपमा जितको स्वाद नचाखेको नेपाल इटालीविरुद्ध ऐतिहासिक जित दर्ता गर्ने लक्ष्यमा छ ।