बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इपिएस उत्तीर्ण युवाहरूको काठमाडौंमा प्रदर्शन

मंगलबार, माघ १३ २०८२

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा एक वर्षभन्दा बढी समयदेखि नाम रहँदा पनि रोजगारीका लागि कोरिया जान नपाएको गुनासो गर्दै उनीहरूले मंगलबार काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी युवाहरूले रोस्टरको अवधि, कामदार छनोट प्रक्रिया तथा ढिलाइका कारण स्पष्ट पार्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समयमै रोजगारीका अवसर सुनिश्चित गर्न र प्रक्रियालाई पारदर्शी तथा छरितो बनाउन सरकारसँग आग्रह गरेका छन्।