मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

दिव्य कलेजमा ‘खेलकुद सप्ताह’को दोस्रो संस्करण सुरु

आइतबार, पुष २७ २०८२

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित दिव्य कलेजमा ‘खेलकुद सप्ताह’को दोस्रो संस्करण सुरु भएको छ। कलेजको आयोजनामा सञ्चालन भइरहेको खेलकुद सप्ताह पुस २५ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ।

खेलकुद सप्ताहअन्तर्गत आन्तरिक तथा बाह्य दुवै प्रकारका खेलहरू समावेश गरिएका छन्। जसमा टेबल टेनिस, ब्याडमिन्टन, चेस, लुडो, क्यारेमबोर्ड, टग अफ वार, फिफा, बास्केटबल, फुटसल र क्रिकेटका प्रतिस्पर्धा हुनेछन्।

कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीलाई अध्यापन गराउँदै आएको दिव्य कलेजले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै आएको छ। विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले कलेजले वार्षिक रूपमा खेलकुद सप्ताह आयोजना गर्ने गरेको जनाएको छ।

कलेज खेलकुद व्यवस्थापन समितिका अनुसार केही खेलका फाइनल प्रतिस्पर्धाहरू समय मिलाएर अन्य दिनमा पनि सञ्चालन हुन सक्नेछन्।