मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उपराष्ट्रपति डेल्सी रोड्रिगेज बनिन् भेनेजुएलाकी कार्यकारी राष्ट्रपति

आइतबार, पुष २० २०८२

काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन्।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिका स्वयंले नै सरकार सञ्चालन गर्ने बताएका छन्।