मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कर्णाली याक्सले चितवन राइनोजलाई दियाे १६७ रनको लक्ष्य

मंगलबार, मंसिर २ २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १६६ रन जोडेको हो।

कर्णालीका प्रियांक पन्चालले उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको अर्धशतकीय इनिङ खेले। पवन सर्साफले २७ रन, म्याक्स डोआउडले २० रन र मार्क वाटले १६ रन जोडे।

बलिङमा चितवनतर्फ रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक–एक विकेट हासिल गरे।