काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा ५,९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोला ३,१७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ३,३४५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।