मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नगरकोट रिसोर्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ।

गत आर्थिक वर्षमा रिसोर्टले चार करोड ८५ लाख कारोबार गर्दै ५५ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ र दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो।

कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ र यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट “बिबि” रेटिङ प्राप्त गरिसकेको छ ।