नयाँ दिल्ली । बलिउडका ८९ वर्षीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि उनलाई सोमबार ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यहीँ मंगलबार उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम धर्मेन्द्र कुमार देओल हो।
विकिपिडियाका अनुसार, धर्मेन्द्रको जन्म २ एप्रिल १९३५, पंजाब, भारतमा भएको थियो। उनले १९६० को दशकमा बलिउडमा प्रवेश गरी अभिनय यात्रा सुरु गरेका थिए। साहसिक दृश्यहरूमा निर्भीक प्रदर्शन, हास्य शैली र विशेष अभिनयले उनलाई बलिउडको चर्चित अभिनेता बनाएको थियो।
धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरेका थिए र उनका तीन छोराछोरी छन्, जसमा सनी देओल र बबी देओल बलिउडमा सक्रिय रहेका छन्।