मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दिल्लीमा कार विस्फोट : मृत्यु हुनेको संख्या बढ्दै, उच्च सतर्कता

मंगलबार, कार्तिक २५ २०८२

नयाँ दिल्ली । दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको कार विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार विस्फोटपछि अस्पताल ल्याइएका आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार ढिलो गतिमा गुडिरहेको एक गाडी रातो बत्तीमा रोकिएपछि अचानक विस्फोट भएको थियो। विस्फोटले नजिकैका दुई दर्जन सवारी साधनमा आगलागी भई क्षति पुगेको छ।

विस्फोटपछि तुरुन्तै अग्नि नियन्त्रक, प्रहरी टोली र फोरेन्सिक विज्ञहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका थिए।