मेक्सिको सिटी। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउममाथि मंगलबार राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा यौन दुर्व्यवहार भएको छ।
एशोसिएटेड प्रेस (एपी) का अनुसार, राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुराकानी गरिरहँदा एक पुरुष नजिक आएर उनको काँधमा हात राखेर घाँटीमा चुम्बन गर्न खोजेका थिए। भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
राष्ट्रपतिले तत्काल प्रतिक्रिया दिँदै पुरुषको हात आफ्नो काँधबाट हटाइन् र शान्तपूर्वक हाँस्दै सामना गरिन्। केही समयपछि सरकारी अधिकारीहरूले ती पुरुषलाई राष्ट्रपतिको छेउबाट हटाएका थिए। तर, सुरक्षाकर्मी त्यहाँ तुरुन्त उपस्थित थिएनन्। केही समयपछि पुगेका सुरक्षाकर्मीहरूले ती पुरुषलाई पक्राउ गरेका थिए।
घटनापछि अनुसन्धानमा पुरुष मदिराको प्रभावमा रहेको पत्ता लागेको छ। पत्रकार सम्मेलनमा राष्ट्रपति शेइनबाउमले ती व्यक्तिविरुद्ध जाहेरी दिने तयारीमा रहेको बताएकी छन्।
-एजेन्सी