काठमाडौं । बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संख्या छ करोड नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरु कुल निक्षेप खाताको संख्या छ करोड चार लाख ५३ हजार पाँच सय ९२ पुगेको हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा रहेको कुल निक्षेप खाताको संंख्या पाँच करोड ६७ लाख २६ हजार छ सय २८ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको भदौ मसान्तसम्ममा बाँणिज्य बैंकहरुमा मात्र कुल पाँच करोड १८ लाख ५६ हजार दुई सय ५२ वटा ंिनक्षेप खाताहरु रहेका छन् । गत आवको सोही अवधिमा बाँणिज्य बैकहरुमा यस्तो खाताको संख्या चार करोड ८६ लाख आठ हजार एक सय ८१ वटा रहेको थियो । बिकास बैंकहरुमा भने चालु आवको भदौ मसान्तसम्ममा कुल ७५ लाख ७८ हजार ६० वटा निक्षेप खाताहरु रहेका छन् । गत आवको सोही अवधिमा बिकास बैंकहरुमा यस्तो खाताको संख्या ७१ लाख ९५ हजार सात सय ६५ रहेको थियो । यसैगरी फाईनान्स कम्पनीहरुमा भने चालु आवको भदौ मसान्तसम्ममा कुल १० लाख १९ हजार दुई दुई सय ८१ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुमा यस्तो निक्षेप खाताको संख्या नौं लाख २२ हजार छ सय ८२ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा रहेको कुल कर्जा खाताहरूको सङ्ख्या १९ लाख ९३ हजार दुई सय ३४ रहेको छ । जसमध्ये बाँणिज्य बैकहरुमा १६ लाख ६२ हजार तीन सय ४२, बिकास बैंकहरुमा दुई लाख ६७ हजार तीन सय तीन र फाईनान्स कम्पनीहरुमा ६३ हजार पाँच सय ८९ रहेको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा क्रमशः १५ लाख ८३ हजार छ सय ६९, दुई लाख ८२ हजार ६ र ४३ हजार पाँच सय २४ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका थिए । राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८२ भदौ मसान्तमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार पाँच सय ५२६ रहेकोमा २०८२ भदौ मसान्तमा ११ हजार पाँच सय ५१२ पुगेको छ । समीक्षा अवधिमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः नौं दशमलव ९५ प्रतिशत र १३ दशमलव नौं प्रतिशत रहेको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३३ दशमलव ९८ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात पाँच दशमलव नौं प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले एक करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्पmत ८७ अर्ब ३२ करोड बराबरको भुक्तानी कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङ अन्तर्गत छ करोड २५ लाख कारोबारबाट चार खर्ब ६८ अर्ब १५ करोड बराबरको कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत चार करोड १० लाख वटा कारोबारमार्पmत एक खर्ब एक अर्ब २३ करोड रुपैंयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको भनाई छ ।