काठमाडौं । नेपाल बैंक र लिफ प्लसबिच सम्झौंता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रा. लि. ले उत्पादन गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेभसाइट र ह्वाट्स अप नम्वर ९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्पmत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।
उक्त सम्झौता पत्रमा मंगलबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन् ।