मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

जेन्जी प्रदर्शन

वार्ता संवादबाट शान्तिपूर्ण समाधान खोज्न भारतको आग्रह

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । भारतले नजिकको छिमेकीको नाताले सबै पक्षलाई संयम अपनाइ वार्ता संवादबाट शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।

नेपालमा जारी जेन्जी प्रदर्शनलाई लक्षित गर्दे यस्तो बताएको हो ।

भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनमा युवाहरूको ज्यान गएकोमा दुख व्यक्त गरेको छ। साथै मृतकहरूको परिवारप्रति संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साथै नेपालमा कर्फ्यू जारी भएकाले भारतीय नागरिकहरूलाई सचेत रहन र नेपालले जारी गरेको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।