मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

विद्या अगाडि आउँदा यस्तो पनि हुन सक्छ

सोमबार, भाद्र ९ २०८२

अहिले एमालेमाथि चौतर्फी आक्रमण छ। यो राम्रो सदस्य संख्या भएको र समाजको तल्लो तह र तप्कासम्म पनि भित्रसम्म भिजेको पार्टी हो। यसका कार्यकर्ताका आफ्ना स्वभाव हुन्छन्। मतदाताका उस्तै हुन्छन्। यदि एमाले अरुभन्दा फरक हुन्थेन भने गत निर्वाचनमा ओजिला पात्र माधवकुमार नेपाल, झलनाथ खनालजस्ताले पार्टी विभाजन गर्दा पनि किन कमजोर भएन? फरक विचारका मानिसले डकेर एमालेको राजनीतिक जीवनमा थोेरै ठेस पुग्ला, घाउ लाग्छ जस्तो लाग्दैन। ठूलो घाउ हुन नदिनका लागि नै भण्डारीको सक्रियता या उदय भएको हो। त्यति मात्र होइन सम्भावित राजनीतिक दुर्घटनालाई सम्हाल्न सक्नेगरी राज्यसत्तामा एमालेको पहुँच बलियो बनाउने दूरगामी रणनीति अख्तियारी भएको हुन सक्छ। यो एक ‘मिशन’ पनि हुन सक्छ।

प्रतिनिधि सभा विघटन गर्दा त्यसको राजनीतिक तिव्र बिरोध र पार्टी विभाजनसम्म पुग्दा पनि एमालेमा अपेक्षित क्षति भएन। यसले ओलीको अभिमानलाई जोगायो। तर, अब अहंकारलाई निरन्तर जगाइरहेको छ। यसकारण ओलीको मुखौटाले मात्र अबका चुनावमा एमालेका एजेन्डा बलिया नहुन सक्छन्। चुनावी राजनीति होस् या गैर चुनाव, दुवैमा एमालेको पकड बलियो बनाउने हो भने फरक विन्दुको मुखौटाको खाँचो थियो। र, त्यो मुखियाका रुपमा विद्या भण्डारीलाई प्रतिस्थापन गरिएको हुन सक्छ।

पहिलो कारण, एमालेसँग रुष्ट एमालेलाई एमाले बाहिर जान नदिने। छिटपुट अवसरवादी एमाले कतै गए पनि जनताको बहुदलीय जनवादी एमाले निस्क्रिय बस्न सक्छ, मत नदिन सक्छ तर अरुको विचारमा गोलबद्ध पनि हुन चहाँदैन। त्यस्तो एमालेलाई सक्रिय राख्नका लागि अर्को पोलका रुपमा भण्डारीको उदय रणनीतिक, परिणाममुखि र सोचनिय तजबिजीमा स्थापित भएको हो ताकि एमालेसँग पराजित एमालेले एमाले छाड्ने मनोविज्ञान नबनाओस्, एमालेमा नै गोलबद्ध होस्। दोस्रो कारण, परिस्थितिले फरक दिशा लियो भने यो सदनले पूरा कार्यकाल सकेर आवधिक निर्वाचनसम्मको यात्रा तय गर्छ भन्नेमा टिप्पणीकर्ता आश्वस्त थिएन, छैन। यसका कारण अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषय पनि हुन्छन्। पहिला देखिएका र अनुभव गरिएका खाकालाई हेर्दा पनि सदनले पूरा कार्यकाल बाँच्न नपाउँदा या राजनीतिक सहमतिका आधारमा चुनाव आवधिक रुपमा हुन नसकेको खण्डको नेतृत्वका निम्ति पनि विद्या भण्डारी उपयुक्त पात्र हुन्।

त्यस्तो बेलामा विदेशी, छिमेकी शक्तिका सामु पनि विश्वास योग्य, त्यो उचाईको तर राजनीति पनि बुझेको अविछिन्न पात्र अनिवार्य हुन्छ। चाहे चीन भन्नुहोस् या भारत यी दुई शक्तिको समानान्तर विश्वासयोग्य पात्रका रुपमा कोही देखिनेछ भने त्यो राजनीतिमा सक्रिय हुन चाहेकी विद्या भण्डारी नै हुन्। र, सबैले स्वीकार गर्न बाध्य पनि हुनेछन्। यसकारण कुनै अन्तरिम सरकारको जोखिम आउँदा त्यो जोखिमको लिडरसीप निभाउने पात्र नै विद्या भण्डारी हुनेछिन्।

यसर्थ राजनीतिको लामो अनुभव भएकासँग त्यसको प्रयोगका विविध उपाय र पर्न सक्ने असरको अनुमान पनि हुन्छ। त्यहाँमाथि ५०औं बर्ष राजनीति मात्र गरेका पात्रहरुले नसोच्ने कुरै भएन। रोनाल्डो बुढा भयो भन्दैमा उसभित्र रहेको फूटबलको छक्याउने कला नामेट भैसकेको हुँदैन। भलै उसको शारिरिक बल कमजोर या स्टामिना कमजोर बनोस्।