सहकारी ठगी अभियोगमा थुनामा रहेका सभापति रवि लामिछानेको कथित न्यायका नाममा रास्वपाले कास्कीदेखि नै सेकाएको राजनीतिक रोटी अहिले उपनिर्वाचन केन्द्रित बनाउँदै भैरहवासम्म पनि पुराएको छ । यो पार्टी दलगत र न्यायीक हिसाबमा भन्दा पनि गिरोहको शैलीमा अगाडि बढेको प्रतीत हुन्छ । त्यहिँमाथि स्वतन्त्र मेयर बालेन साहले सहयोग नगरेको भन्ने यीनिहरुको रोदन अचम्म र उदेक लाग्दो छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा कास्की जिल्ला अदालतमा चलाउँदा पूरै पार्टीका केन्द्रीय सदस्य, १९ जना सांसद र देशभरका कार्यकर्ता पोखरा पुगेका थिए । पोखरामा दिनहुँ जस्तो प्रदर्शन भयो । एकछिनलाई मानौ, राज्यले अनुसन्धानका क्रममा आफ्नो माथहत रहेको प्रशासनिक संयन्त्रलाई प्रयोग गरेको पनि थियो होला । तर, रास्वपाका नेता कार्यकर्ता एउटा गिरोहका रुपमा परिचालित भए । गिरोह नकारात्मक बिम्बका रुपमा मात्र बुझ्नु गलत हुनेछ । गिरोहको खास र बृहत्तर अर्थ, त्यस्तो समूहलाई जनाइन्छ जुन कुनै उद्देश्यका लागि विशेषगरी लागि संगठित रूपमा काम गर्छ । रास्वपाले कास्कीमा देखाएको पनि त्यहि थियो। लोकतन्त्र, कानुनी शासनमा विश्वास रहेको भाषण गर्ने अनि फेरि कानुनलाई प्रभावित बनाउनका लागि समूहको संठगीत रुपमा बिरोधका नाराबाजी गर्ने राजनीतिक चरित्र दुनियाँमा कहिँ कतै मानिन्न।
अर्को अर्थमा हेर्ने हो भने रास्वपा सभापति रवि लामिछाने उक्त प्रकरणमा अनुसन्धानमा नरहेको भन्ने बुझाई डाइभर्ट गरियो । ग्यालेक्सी टेलिभिजनका शेयर सदस्य तथा प्रबन्धन निर्देशक र सहकारी ठगी प्रकरणमा पूरक उजुरीबाट संगठीत अपराधमा संलग्न व्यक्तिचाहिँ अनुसन्धानको घेरामा रहेको भन्ने बुझ्न आवश्यक थियो र छ । रास्वपा सभापतिलाई त राज्यले मुद्दा लगाएको होइन, सहकारी प्रकरणका संदीग्ध पछि दल खोलेर रास्वपाका सभापति भएका हुन् भन्ने बुझ्न र बुझाउन आवश्यक थियो र छ । यहि समूह भैरहवासम्म पनि पुगेको थियो। अहिले पनि पूरै पार्टी नै भैरहवा पुगेको छ। अब, यो गिरोह किन हो? गिरोहको निश्चित उद्देश्य हुन्छ । र, रास्वपाका उपसभापतिलगायतका नेताहरुले आफैं भनिरहेका छन् कि दुई वटा निश्चित उद्देश्य छन् । रास्वपा सभापति रहेका रविको पक्षमा हस्ताक्षर गराउने र कात्तिक १७ गते हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनको तयारी अनि प्रचार । यस अर्थमा यो गिरोह हो भन्ने प्रसङ्ग टीप्पणीकारले कोरलेको थियो र त्यसको बयान गरिरहेको छ । रविका समर्थकहरू भन्छन्– रविका पक्षमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुल्नुपर्छ। किन खुलेनन्? मिल्नुपर्छ, किन मिलेनन्? बालेनले मिल्ने या खुल्ने विषयमा केही पनि जानकारी दिएका छैनन् । बरु उनले सटिक भाषामा एक पटक सामाजिक सञ्जालमा लेखेका थिए,‘पुराना नयाँ सबै चोर हुन्।’ उनको यो भनाईमा गहिरो अर्थ हुन सक्छ अथवा बालेनको आवेगको टिप्पणी पनि होला । खैर यो फरक कुरा भयो।
तर रविको पार्टी संगठीत रुपमा नै गिरोह जस्तो परिचालन भएर लाग्नु अस्वभाविक घटना बनिरहेको छ । यसले राजनीतिको नयाँ मापक स्थापित हुँदैन । समाज, मिडिया, कानुन, अदालत, संविधान भन्दा पनि माथिचाहिँ पार्टी नै हो, नेता नै हो भन्ने स्थापित हुन्छ।
संविधानभन्दा माथि यो देशमा कुनै बेला राजा मात्र थिए । अहिले रवि राजा पनि होइन, उनको पार्टीले राजसंस्था मानेको पनि छैन । त्यसैले यो गिरोह शैली बन्द गरियोस् । अन्यथा सरकारले पाकिस्तानमा इमरान खानको पार्टीका हुलदुंगा गर्ने १०८ जना नेतालाई जेल हाले जस्तो यीनका कर्मको फल पनि देखाउन सक्छ, यसर्थ यो बन्द गरिएको राम्रो हो ।