मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सरकारले छुट्यायो डिजिटल साक्षरताको लागि झण्डै एक अर्ब

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले डिजिटल साक्षरताका लागि झण्डै एक अर्ब रुपैंयाँ बजेट छुट्याएको छ । संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गर्नको लागि ७४ करोड रुपैंयाँ बजेट छुट्याएको घोषणा गरेकाछन् ।

अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गर्ने समेतको लक्ष्य सरकारले लिएको जानकारी दिए ।