बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँचथरमा ९ जनाको हत्या भएको नजिकै झुण्डिएको अवस्थामा एकजनाको शव भेटियो

मंगलबार, जेष्ठ ७ २०७६

काठमाडौं जेठ, ७–
पाँचथरमा ९ जनाको हत्या भएको नजिकै  झुण्डिएको अवस्थामा एकजनाको  शव फेला परेको छ । 
 मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा ति युवकको झुण्डिएको अवस्थामा शव फेला परेको  हो । 

ति  युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले जानकारप् गराईन् । यद्यपि,  फेला परेका युवकको पहिचान हुन सकेको छैन । 

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । 

आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।