काठमाडौं । वानेश्वर क्याम्पस स्ववियुले क्याम्पस अगाडिको सडक मर्मत गर्न ध्यानाकर्षण गराएको छ । कामनपा वडा नं. ३१ र अधिकार सम्पन्न बागमति एकिकृत विकास समितिलाई स्ववियुले ध्यानाकर्षण गराएको हो ।
“विगत लामो समयदेखि क्याम्पस अगाडि पुल देखि मन्दिर परिसरसम्मको सडक अव्यवस्थित रहेको थियो । जसले गर्दा सडकमा आवतजावत गर्ने बिद्यार्थीलगायत आम मानिस समस्यामा थिए, उक्त समस्यालाई मध्यनजर गर्दै सम्बन्धित निकायले अनुगमन गरि तत्काल मर्मत गर्नका लागि जानकारी तथा ध्यानाकर्षण गराएका हौँ ।” वानेश्वर क्याम्पस स्ववियु अध्यक्ष भुमिराज अधिकारी भने।
स्ववियुले नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयाेजक निर्देशक नारायण प्रसाद भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । साथै काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सराेज ढकाललाई वडा कार्यालयमा नै पुगेर जानकारी तथा ध्यानाकर्षण पत्र बुझाएको हो।