बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालन

मंगलबार, बैशाख १० २०७६

काठमाडौ वैशाख, १०–
प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर,कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको बेंकले जानकारी दिएको छ । 
बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न, अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनलाईन अकाउन्ट ओपनिङमा बटमा क्लिक गर्नुुपर्नेछ  । 
बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकहरुले यसबाट लाभ लिन सक्नेछन् ।