बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनी इन्स्योरेन्सको आयोजनामा आमन्त्रित गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

आइतबार, बैशाख ८ २०७६

काठमाडौं वैशाख, ८–
लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइ दिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । 
खेलकुदमार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो अवसर फिन्टसो ओङडी लामा ले आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिय त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए । 
वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अण्डर राइटिङ्ग, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आईएसओ मान्यता प्राप्त गर्न सफलभएको छ । हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवातथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रधानले बताए । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने उनले बताए ।