मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ज्ञानेन्द्र शाहले ल्याएको तरङ्ग

सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । अन्तिम राजाका रुपमा रहेका ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर दिएको ‘भयानक’ वक्तव्यबाजीले गणतन्त्रवादी भनिएका शक्तिको जग हल्लिएको छ।

उक्त वक्तव्यमा ‘अब जनताले मलाई साथ दिनुपर्छ’ भन्ने ज्ञानेन्द्रको अभिव्यक्तिले विश्व हल्लाएको छ भने गणतन्त्रवादी शक्तिले संघीयताका लागि नै अमेरिकाबाट रकम ल्याएको भन्ने भाष्य त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले स्थापित गरेका छन्।

यो विषयमा भारतको लोक सभामा समेत बहस भएपछि झनै व्यापक चर्चा छ।

ज्ञानेन्द्रको बयानबाजीको खरो बिरोध गरेका डा. बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमा खुइल्याउने काम भएको छ। एमालेका महासचिव शंकर पोखरेलको प्रतिक्रियाको तिव्र आलोचना भइरहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति जनमानस आक्राशित बनेका छन्।

कांग्रेस यस मामलामा मौन छ। तर राप्रपा हौसिएको छ। उसले यो महिना देशभर नै भण्डाफोर अभियान घोषणा गरेको छ भने बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सैनिक हस्तक्षेपको बहस सतहमा ल्याएका छन्।

राजावादी शक्ति एक हुने क्रम र छलफलका चरण चलेका छन्।

विभक्त रहेर हिन्दूत्व र राजसंस्था पुनःस्थापनाको आन्दोलनमा रहेका शक्तिबीच संवाद र सहकार्यको गति बढेको छ।

यहि मेसोमा शिव सेना नेपालका प्रमुख अनिल बस्नेत बाबा र राप्रपा महामन्त्री धवल शमशेर राणाबीच पोखरामा भेट भएको छ।

‘संघ, संगठन, पार्टीभन्दा माथि उठी हामी नेपाली जनताले श्री ५ महाराजा धिराज सरकारको सन्देशलाई हृदयदेखि आत्मसाथ गर्दै राष्ट्र बचाउने अभियानमा सत्ता र सरकार भन्दा देशभक्ति भावना सहित एकजुट भई अगाडि बढ्नु पर्दछ’ भेटपछि शिव सेना नेपाल सचिवालयले भनेको छ।

उसले अगाडि थपेको छ,‘अन्यथा इतिहासले हामीहरू सबैलाई आउने समयमा सबैभन्दा कलंकित पात्रको रूपमा चिन्ने छन्। शिवसेना नेपाल प्रमुख श्री अनिल बाबा र राप्रपा महामन्त्री श्री धवल शमशेर राणा बीच पोखरामा भेटवार्तामा यहि कुरा भएको छ।’

अब देशमा विदेशीले रोपेको गणतन्त्रको काम नभएको शिव सेना नेपालका प्रमुख बस्नेतले क्यानडानेपाललाई बताए। उनले भने,‘हाम्रो माटोले राजाबाहेक अरु चिन्दैन। विदेशीको प्रयोग अब निस्तेज हुनेछ।’

राजावादी शक्ति एक भएर अब मुलुक जोगाउनका लागि तयार हुनुपर्ने बताइएको छ। राज परिवारसँग पनि चाँडै वार्ता हुने शिव सेनाका अध्यक्ष बस्नेतले अमृतबजारलाई बताएका छन्।

उनी भन्छन्,‘मुलुकमा मौलिकता हरायो, राजालाई हेपियो। धर्म नासियो। अब सबै एक एक गरी हिसाबकिताब आवश्यक भयो।’