मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बाँदरको लघुकथा बन्द गर!

सोमबार, माघ १४ २०८१

एमाले नेता महेश बस्नेत र रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाका सार्वजनिक अभिव्यक्तिले अहिले राजनीति एक हिसाबले तरङ्गीत छ । यो तरङ्ग सकारात्मक होइन नकारात्मक हिसाबले बढेको छ । विद्यालयको प्राथमिक तहमा एउटा बाँदरको बफादारिताको लघुकथा पढाइन्छ। मालिक सुतेका बेला उसको नाकमा झिँगा बसेर दुख दिन्छ । बाँदरले त्यो झिँगालाई पटक–पटक धपाउँदा पनि फेरि नाकमा आएर बसेर तनाव दिएपछि तरबारले हानेर मार्ने निधोमा पुग्छ, बाँदर। अनि मालिकको नाकमा बसेका बेला तरबारले प्रहार गर्दा झिँगा त उडेर भाग्छ तर मालिकको नाक काटिन्छ । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले एमाले युवा नेता महेश बस्नेत केन्द्रित भएर कटाक्ष गरी फेसबुकमा लेखेका स्ट्याटस त्यसकै झल्को दिने प्रकारका छन् । उनले फेसबुकमा बस्नेत केन्द्रित भएर बलात्कारी भनी सम्बोधन गरेकी छन् भने सभापति रवि लामिछाने गृहमन्त्री हुँदा जोगाइदिएको समेत लेखेकी छन्।

स्ट्याटस विवादमा आउने भएपछि एक पटक संशोधन गरी अपडेट गरे पनि फेरि उनले ‘डिलिट’ गरेकी छन्। संग्रौलाले राखेका स्ट्याटस यस्ता थिए। उनले शनिबार राती ८ बजेर १ मिनेटमा अपडेट गरेको स्ट्याटस फेरि केही घन्टामा इडिट गरी अध्यावधिक गरेकी थिइन्। आक्रोशित मुद्रामा संग्रौलाले उक्त स्ट्याटस लेख्नुको कारण थियो– एमाले युवा नेता बस्नेतले रास्वपा सभापति लामिछानेबारे राष्ट्रिय युवा संघको कार्यक्रममा दिएको अभिव्यक्ति। बस्नेतले रवि केन्द्रित भएर कटाक्ष गरेका थिए भने सहकारी ठगी प्रकरणसँगै चालकको मृत्यु प्रकरणलाई पनि सन्दर्भ पारी कटाक्ष गरेका थिए। नेपाली राजनीतिमा सत्ता समीकरण अदल बदल हुँदा एकअर्काप्रति कटाक्ष गर्ने मात्र होइन, तल्लो स्तरमा झेरर नै प्रहार हुन थालेको छ। बस्नेतले एमालेको वैचारिक हैसियतको हुर्मत लिएका छन् भने संग्रौलाले सभापति रविको बचाऊमा स्ट्याटस लेख्दा वैचारिक स्खलन भएको प्रष्ट हुन्छ। यस्तो बाँदरको लघुकथा बन्द गरियोस्।