बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आर्ट अफ लिभिङ्गको ह्यापिनेस प्रोग्रामस् समृद्ध जीवनतर्फको मार्ग

शुक्रबार, भाद्र २८ २०८१

जीवनलाई तनावमुक्त, आनन्दमय र स्वस्थ बनाउन चाहने जो कोहीका लागि आर्ट अफ लिभिङ्गको ह्यापिनेस प्रोग्राम र सुदर्शन क्रिया एक अद्वितीय माध्यम हो। यस कार्यक्रमले मानिसको मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यमा अद्भुत परिवर्तन ल्याउछ।

ह्यापिनेस प्रोग्राम भनेको केवल शारीरिक अभ्यास मात्र होइन, यो जीवनको सम्पूर्ण पक्षलाई समेट्ने एउटा जीवनशैली हो। यसमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया लगायतका विभिन्न विधिहरू समावेश हुन्छन्। यस कार्यक्रमले मानिसलाई आफ्नो अन्तरात्मासँग जोड्ने, आत्मविश्वास बढाउने, र सकारात्मक सोचको विकास गर्न मद्दत पुर्‍याउँछ। ह्यापिनेस प्रोग्राममा सहभागी हुँदा मानिसहरूले आफूलाई शान्त, सन्तुलित, र आनन्दित महसुस गर्न थाल्छन्।

यसको मुख्य अंश सुदर्शन क्रिया हो,जुन प्राचीन योग शास्त्रमा आधारित विशेष श्वासप्रश्वास प्रक्रिया हो, जसलाई आध्यात्मिक गुरु श्री श्री रविशंकर ज्युले दुनियाँभर फैलाउनु भएको हो। यस क्रियाले शरीर र मनलाई गहिरो विश्राम दिन्छ। वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् कि सुदर्शन क्रियाको निरन्तर अभ्यास गर्दा मानिसको तनाव, डर, चिन्ता र उदासी हट्न थाल्छ। साथै, यसले सामाजिक सम्बन्धलाई सुधार्न, काममा ध्यान केन्द्रित गर्न, र जीवनमा सिर्जनात्मकता बढाउन मद्दत गर्दछ।

आधुनिक समयमा मानसिक स्वास्थ्यको चुनौती र तनाव धेरै व्यक्तिहरूको जीवनमा ठूलो समस्या बनेको छ। विशेषगरी, सहरको व्यस्त जीवनशैली, प्रतिस्पर्धा र असुरक्षाले मानिसहरूलाई मानसिक र शारीरिक रूपमा थकित बनाएको छ। यस्तो अवस्थामा ह्यापिनेस प्रोग्रामले मानिसहरूको जीवनमा नयाँ उत्साह र उमंग ल्याउछ।

नेपाली समाजमा पनि पछिल्लो समय मानसिक स्वास्थ्यप्रति जनचासो बढ्दो छ। यस सन्दर्भमा, आर्ट अफ लिभिङ्गले दिएको ध्यान र श्वासको विधिहरूले विशेष गरी युवाहरूमाझ सकारात्मक प्रभाव पार्न सक्छ। यस कार्यक्रमले मानिसलाई तनावमुक्त, आत्मविश्वासी र सशक्त बनाउन मद्दत गर्दछ, जसले समाजलाई स्वस्थ, सुखी र शान्त बनाउँछ।

ह्यापिनेस प्रोग्राम कुनै धार्मिक अभ्यास नभएर सम्पूर्ण मानवताका लागि उपयोगी एक जीवनशैली हो। यसले मानिसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई सकारात्मक दिशामा लैजान्छ। यदि हामी सबैले आफ्नो मनलाई शान्त राख्न सक्यौं भने समाजमा शान्ति र आनन्द पनि सँगसँगै फैलिन सक्छ।

आफ्नो जीवनलाई समृद्ध र आनन्दमय बनाउने चाहना भएका सबैले ह्यापिनेस प्रोग्राममा सहभागी भई सुदर्शन क्रियाको अनुभव गर्न सक्नुहुनेछ छ। अहिलेको दौडधुपमा पनि शान्ति र आनन्द सम्भव छ। तपाईंको एक सानो कदमले ठूलो परिवर्तन ल्याउन सक्छ।

कसरी भाग लिन सकिन्छ?
आर्ट अफ लिविङको ह्यापिनेस कार्यक्रममा सहभागी हुनका लागि कुनै विशेष तयारीको आवश्यकता छैन, र यस कार्यक्रममा १८ वर्ष पुरा भएका सबै व्यक्तिहरुले सहभागी हुन पाउछन्।