बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हैजाको बढ्दो प्रकोप र फोहोरमैलाको दिर्घकालीन व्यवस्थापन

बिहिबार, भाद्र १३ २०८१

नेपालमा पछिल्लो समय हैजाको प्रकोप बढ्दै गएको छ । यसको नियन्त्रणको लागि, फोहोरमैलाको आवश्यक व्यवस्थापन, शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास, स्वच्छ र सफा खाना तथा फलपूmल र तरकारीको सेवन, राम्रोसँग सफा पानीले सफा गरेको सलाद, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी व्यवहारमा परिवर्तन गर्न सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानीको सेवन गर्ने तथा नजीकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ । हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडि देखि जरा गाडेर रहेको र वेलावेलामा प्रकोपको रुपमा देखा परिरहेको हुँदा यसलाई पुर्ण रुपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाईमा स्थानीय सरकार (घरदैलोको सरकार), प्रदेश सरकार तथा संघीय सरकारको ध्यान जान जरुरी देखिन्छ । फोहोरमैलाको आवश्यक व्यवस्थापन तथा शुद्ध पिउने पानीको व्यवस्था सम्पूर्ण नागरिकहरुलाई पु¥याउन सकेमा र चर्पीमा मात्र दिसा पिसाव गर्ने वानीको विकास, खाना खानु अगाडि, चर्पीको प्रयोग गरेपछि र फोहोर चिज छोएपछि सावुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्न सकेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । यो रोग पैmलनुको मुख्य कारण माथि भनेजस्तै फोहोरमैलाको उचित व्यवस्थापन नभई सोको प्रभाव खानेपानी तथा वातावरणमा परेकोले फोहोमैला व्यवस्थापन गरि स्वच्छ वातावरण राख्न अति आवश्यक छ।

फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरु निम्न छन्ः उचित सफा र स्वच्छ खानेपानीको व्यवस्थापन नभएको, समुदायका वासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झि अस्तव्यस्त तरिकाबाट फोहोरमैला उत्पादन गर्ने, स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमि हुने, फोहोरमैला व्यवस्थापनको लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला ब्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला ब्यवस्थापनमा दक्ष जनशक्तिको कमि, फोहोरमैला ब्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परेपनि सो अनुसार कार्यान्वयन गर्न नसक्नु, फोहोरमैला ब्यवस्थापनको सन्दर्भमा दिर्घकालिन योजनाको अभाव, आवश्यक भौतिक पुर्वाधारहरु जस्तै सेनीटरी ल्याण्डफिल साइटको अभाव, प्रयोगशाला, फोहोरमैला ब्यवस्थापन मा जनचेतना अभिबृद्धि कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गर्न नसक्नु, फोहोरममैला ब्यवस्थापनमा समुदाय र निजी क्षेत्रसंगको साझेदारी कार्यक्रममा न्युन सहभागिता, फोहोरमैला ब्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला ब्यवस्थापन सम्वन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला ब्यवस्थापन कार्यको नियमित अनुगमन र मुल्याङ्कनको अभाव, निहित् स्वार्थ, राजनैतिक खिचातानि, फोहोरमैला उचित ब्यवस्थापनको अभावबाट माहामारीको प्रभाव, फोहोरमैला ब्यवस्थापनमा अन्तर नगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रवन्ध तथा श्रोत परिचालन गर्न नसक्नु, संस्थागत रुपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला ब्यवस्थापन सेवामा नगरपालिकाहरुको प्रतिवद्धता र प्राथमिकता निर्धारण नभइसकेको, समयमै वैकल्पिक डम्पिङ साईट व्यवस्थापन गर्न नसक्नु, अझै कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई श्रोतको रुपमा परिचालन गर्ने दृष्ट्रिकोण तयार नभई खरबौँ धनराशी नोक्सान तथा मानव स्वास्थ्यमा असर भएको । यी माथिका कारणबाट काठमाण्डौ उपत्यका लगाएत देशका अन्य शहरी क्षेत्रमा कमजोर क्षमता विकासको कारण फोहोरमैलाको व्यवस्थान मै राष्ट्रिय रुपमा चुनौतिपूर्ण बन्नु दुःखको कुरा हो । यसका कारण वेलावखत तथा हालको काठमाडौँ उपत्यकामा देखा परेको हैजा जस्ता विभिन्न माहामारीको सामना गर्नुपरेको छ।

हैजाको उचित नियन्त्रणको लागि, पानीको शुद्धताको लागि फोहोरमैला व्यवस्थापन अपरिहार्य हुन्छ । सोको लागि स्रोतमै फोहोरमैला उत्पादन कम तथा व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरबासीको अह्म भूमिका बारे जानकारी गराउने, साथै विद्यालय तथा विद्यार्थीको माध्यमबाट सोबारे अभिमुखिकरण गर्ने, पालिकाले फोहोरमैला ब्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजानिक, निजि र नागरिक बिच सहकार्यात्मक ढंगबाट अगाडी बढ्नुपर्ने, सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र गुणस्तरीय सहर तथा गाउँको पुर्वाधार हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला ब्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला ब्यवस्थापन सम्वन्धि दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनु पर्ने, फोहोरमैला ब्यवस्थापनको तथ्याङ्कलाई बैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला ब्यवस्थापनको लागि पुर्वाधारको बिकास गर्न आवश्यक छ।

फोहोरमैला ब्यवस्थापनमा नगरपालिकाहरुले समन्वय गरी छाता अवधारणको बिकास गर्ने, नगरबासीहरुलाई फोहोरमैला ब्यवस्थापनको मुख्य पक्ष लगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो ब्यवस्थापनमा सहभागि गराउने, फोहोरमैला ब्यवस्थापनमा निजि क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरुले विषेश कार्य योजना बनाई अगाडी ल्याउन आवश्यक छ यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरुबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरुपमा उल्लेख हुनु पर्दछ, नगरक्षेत्रको फोहोरमैला ब्यवस्थापन वढी भन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैह्य सरकारी संस्था, सरकारी संस्थाहरुलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला ब्यवस्थापनको सँचालन खर्चमा न्यूनिकरण गर्न सकिन्छ, फोहोरमैलाको बैज्ञानिक ब्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशीको बचत हुने, फोहोरमैला न्युनिकरण गर्ने घरेलु उपायहरु अवलम्वन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्राई आवश्यक ब्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालिन तथा दिर्घकालिन फोहोरमैला ब्यवस्थापनमा योजना तर्जुमा गर्नु पर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहि रुपले फोहोरबाट मोहोर आर्जन गरि कार्यान्वयन गर्न आवश्यक छ।