काठमाडौं । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट डा. रमेश चोखानी हिमाल अस्पतालमा नियुक्त भएका छन् । हिमाल अस्पतालमा आयोजित एक विशेष कार्यक्रममा बरिष्ठ परामर्शदाता पल्मोनोलोजिस्ट तथा ब्रोन्कोस्कोपिस्ट प्राध्यापक डाक्टर रमेश चोखानीलाई नियुक्त गरिएको अस्पतालका प्रवन्ध निर्देशक नविन ताम्लीले जानकारी दिए ।
प्रा. डा. चोखानीलाई अस्पतालका कार्यकारी अध्यक्ष प्रा. डा. लोकविक्रम थापाले पुष्पगुच्छा, खादा माला लगाएर स्वागत गरेका थिए । लामो समयखदेखि एक अग्रणी छाती चिकित्सकको रुपमा राष्ट्रलाई सेवा प्रदान गर्दै आउनुभएको डा. चोखानी अबका दिनमा हिमाल अस्पताल प्रा. लि. मा नै जीवनले भ्याएसम्म विरामीहरुको सेवा प्रदान गर्ने उद्देश्यले आबद्ध रहेका थिए।
काठमाडौँको ज्ञानेश्वरमा अवस्थित नेपालको दोस्रो पुरानो निजी मल्टिस्पेशलिटी अस्पतालको रुपमा परिचित हिमाल अस्पतालले चार दशक भन्दा धेरै समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पताको चिकित्सकीय टोलीमा डा. चोखानी थपिएपछि अस्पतालको पल्मोनोलोजी विभागलाई थप बलियो बनाउने र विरामीको हेरचाहमा सुधार हुने अपेक्षा गरिएको छ । स्वागत समारोहमा अस्पतालमा बरिष्ठ सल्लाहकार डा. शशिकुमार थापा (शिनियर कन्सलटेन्ट ग्याँष्ट्रोईन्टेरोलोजी, हेपाटोविलरी), प्रवन्ध निर्देशक नविन ताम्लि, प्रमुख प्रसाशकीय अधिकृत राजेन्द्र केसी, परामर्शदाता चिकित्सक तथा विभागीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।
प्रा. डा. चोखानीको पल्मोनोजिको क्षेत्रमा भएको वृहत अनुभवलाई अस्पतालको महत्वपूर्ण सम्पत्तिको रुपमा हेरिएको छ र डा. चोखानीको उपस्थितिले अस्पताल आएका बिरामीहरुको उपचारमा विश्वसनीय ढंगले अगाडि बड्दै अस्पतालको गरिमा, विश्वास र सेवा, सुविधाको प्रतिबद्धतालाई अझ अगाडि बढ्ने विश्वास गरिएको छ प्रबन्ध निर्देशक नविन तामिले बताए।
डा. चोखानीको स्वागत कार्यक्रममा छोटो मन्तव्य दिंदैैं अस्पतालका प्रवन्ध निर्देशक नविन ताम्लिले डा. चोखानीको आफ्नो विशषेज्ञता प्रदान गर्नैछन, यसले हिमाल अस्पतालको गरिमालाई अझ नयाँ शिखरमा पुर्याउने विश्वास व्यक्त गरे । निर्देशक ताम्लिे जन–जनको विश्वास आर्जन गरिसकेका डा. चोखानी जस्तो व्यक्तित्वलाई अबका डाक्टरी जीवन हिमाल अस्पतालमा विताउने गरी स्वागत गर्न पाउँदा हिमाल अस्पतालका सबै विभागका सम्पूर्ण टिम हर्षले गद्गद् भएको भन्दै खुसी व्यक्त बताए।
नवनियुक्त डा चोखानीले आफ्नो छोटो मन्तव्यमा भने, आफ्नो डाक्टरीय सिप, बुद्धि, विवेक मसँग जति छन् त्यसलाई इमान्दारीका साथ विरामीहरुलाई सेवा प्रदान गरेर अस्पतालको इज्जत र प्रतिष्ठालाई उचाईमा पुर्याउने प्रतिवद्धता दिनु चाहन्छु।