बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जनैपूर्णिमाको धार्मिक महत्व

सोमबार, भाद्र ३ २०८१

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आ(आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ । कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । जुन धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन पनि हो । यसमा ब्राहृमण र क्षत्रीय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रही आएको छ ।

मूलतः बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु(पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ। फलतः जनै फेर्ने दिन भएकाले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । जुन शास्त्रको विधि बमोजिम ब्राहृमणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । फलतः हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ।

जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाज अनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं रु एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । यसलाई पनि संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो। एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन । जसमा तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ रु भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ।

‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।’ यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नुपर्दछ । जनैपूर्णिमाका दिन प्रातःकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रुपमा र शुद्ध जनै बदल्ने दिनको रूपमा समेत लिइन्छ।

श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हुँदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन्, बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँधिन्छ र ब्राहृमणहरू अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्रण थियो । जसलाई पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ।

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरू पर्ने गरेको पाइन्छ । त्यस्तैगरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाज अनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं रु एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरूलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरू छ्यापछ्याप्ती छन्।

अतः साँच्चै बोझ, बन्धन कर्सैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुशीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ । जुन नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तैगरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ।

अघि दानवबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरुप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केही त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछूत र रुढिवाढीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो।

अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छवटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

– हिमालय टाइम्सबाट