बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैकको खुद मुनाफा पाँच अर्ब १९ करोड

बुधबार, साउन २३ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक बर्ष २०८०/०८१ मा पाँच अर्ब १९ करोड ८३ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन अर्ब ७२ करोड आठ लाख ३३ हजार रुपैंयाँ रहेको थियो।

हाल चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैँयारहेको बैंकले आव २०८०/०८१ मा चार खर्ब तीन अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ अर्ब एक करोड ७१ लाख ६९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा तीन अर्ब ४३ करोड नौंै लाख ७४ हजार रुपैंयाले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने चार प्रतिशत रहेको छ।

अघिल्लो आवमा भने बैंकले तीन खर्ब ५४ अर्ब ४१ करोड ४४ लाख २० हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब दुई अर्ब ८७ करोड ४१ लाख ५३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ अर्ब ३० करोड ७० लाख ९८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा तीन अर्ब ४७ करोड १७ लाख २० हजार रुपैंयाँले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९९ प्रतिशत रहेको थियो।