बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल एसबीआई बैंक राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार २०२३ द्धारा सम्मानित

सोमबार, साउन ७ २०८१

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक रिपोर्ट पुरस्कार २०२३ द्धारा सम्मानित भएको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले नेपाल एसबीआई बैंक लिमिटेडलाई ‘राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदन २०२३’ का लागि रजत पुरस्कारले सम्मानित गरेको हो । यो प्रतिष्ठित मान्यता निजी क्षेत्रका ब्याङ्कहरूको श्रेणीमा यसको वार्षिक प्रतिवेदन २०२३ को प्रस्तुतीकरणमा उत्कृष्टताका लागि प्रदान गरिएको बैंकको भनाई छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे ले एक समारोहबिच अर्थमन्त्री बिष्णु पौडलबाट पुरस्कार उक्त पुरष्कार ग्रहण गरेका हुन।

बैंकले आफ्ना एक सय वटा पूर्ण शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखा रहित बैंकिङ सेवा, सात वटा प्रदेश कार्यालय, कर्पोरेट कार्यालय र एक सय २१ वटा एटिएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।