काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित महोत्तरी एकडाँडा गाउँपालिका–४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ख१९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २८ वर्षीय अमित चौधरी र२० वर्षीय अमृत हलवाई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय राकेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
बर्दियाको राजापुर नगरपालिका–१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित बढैयाताल गाउँपालिका–३ भोलागौडी बस्ने २६वर्षीय करण सिंह सुनारसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोठियाघाटर इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नेपालगंजदेखि राजापुरतर्फ जाँदै गरेको भे.१ ज११११ नम्बरको गाडीमा उक्त पदार्थ फेला परी गाडी चालक सुनार समेत दुवै जनालाई पक्राउ गरेको हो।
सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडि बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५० ग्रामसहित लहान नगरपालिका–८ बस्ने किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेकोहो।
यसैगरी सिराहाको मिर्चैया नगरपालिका–६ मटिअर्वास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित सोही नगरपालिका–९ सुन्दरपुर बस्ने २५ वर्षीय सुन्दर कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले कमलदहबाट मटिअर्वातर्फ आउँदै गरेको मधेश प्रदेश–०२–००७ प ८८७८ नम्बरको मोटरसाइकलको बाँया साईडको इन्डिकेटरमा प्लाष्टिकमा बेरी राखिएको अवस्थामा उक्त पदार्थ फेला पारीमोटरसाइकल चालक महतोलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।