बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी–२० विश्वकप खेल्न गएका नेपाली टोलि स्वदेश फिर्ता

बिहिबार, असार ६ २०८१

काठमाडौं । आइसिसी टी-२० विश्वकप खेल्न गएका नेपाली टोलि स्वदेश फिर्ता भएका छन्। नेपाली टोलि दुई समुह बनाए स्वदेश फिर्ता भएको हो । एउटा समूह राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

बिजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रो पटक टी २० विश्वकपमा सहभागी बनेको थियो।