काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डे आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
सर्वोच्च अदालतको परमादेश बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
मुख्यमन्त्री नियुक्त पाण्डेले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ। त्यसबेला विश्वासको मत नपाएको अवस्थामा उपधारा ५ बमोजिम अन्तिम विकल्पमा सरकार गठन हुनेछ।
सत्ता गठबन्धन फेरिएसँगै पाण्डेलाई पनि विश्वासको मत नपुग्ने देखिएको छ।