पर्यटनको लागि ११ अर्ब ५१ करोड रुपैंयाँ बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री बर्षामान पुनले आर्थिक बर्ष २०८१÷०८२ को बजेट भाषण सार्वजनिक गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन । पर्यटन क्षेत्रको बिकासको लागि सरकारले आगामी आर्थिक बर्षको लागि ११ अर्ब ५१ करोड रुपैंयाँको बजेट बिनियोजन गरेको छ ।
यसको लागि सरकारले पर्यटन संख्या बढाउन छिमेकी भारत र चीनमा पर्यटक प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ मुक्तिनाथ र स्वर्गद्वारीसम्म बस सञ्चालन गर्ने, टाकुरा पर्यटन र इको हिल टुरिजम विकास गर्ने नीति पनि सरकारले लिएको छ ।
आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशककोरुपमा घोषणा गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, काठमाडौं र बुटवलमा उच्च गतिको इन्टरनेटसहितको सूचना प्रविधि पार्क निर्माण गर्न योजना पनि सरकाले अघि सारेको छ । ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ।