काठमाडौं। सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेका हुन् ।