काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन २२ दशमलव १४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव ९३ अंकले बढेर २१ सय १३ दशमलव २७ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३० अंकले घटेर तीन सय ७८ दशमलव ९२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ५८ हजार चार सय ८३ पटकको कारोबारमा ९३ लाख २० हजार दुई सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ४३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्धे बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ७७ अंकले घटेर ११ सय ७३ दशमलव ४५ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक २४ दशमलव ५३ अंकले घटेर १० हजार सात सय ९४ दशमलव शुन्य तीन अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन समुहको सुुचक पनि २६ दशमलव ७२ अंकले घटेको छ । बिकास बैंक समुहको सुचक भने २५ दशमलव ९३ अंकले बढेर चार हजार एक सय ४१ दशमलव २९ अंकमा चढेकोमा फाईनान्स समुहको सुुचक पनि २९ दशमलव ६८ अंकले बढेर २१ सय ४२ दशमलव ३२ अंकमा पुगेको छ । जलबिधुत समुहको सुचक पनि छ दशमलव २६ अंकले बढेर २४ सय ७६ दशमलव १५ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव ७६ अंकले बढेर १० हजार तीन सय ४२ दशमलव ३५ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापारस समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड परेको छ ।