मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेको उच्च बृद्धि कायमै, २७ अंकले बढ्दा पाँच अर्ब ८५ करोडको सेयर किनबेच

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको दोेस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव ६९ अंकले बढेको नेप्से आज पुन २७ दशमलव ५४ अंकले बढेर दुई हजार ९२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३१ अंकले बढेर तीन सय ७४ दशमलव शुन्य सात अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ८० हजार नौं सय ८२ पटकको कारोबारमा एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैँंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहह्रुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक १२ दशमलव ३० अंकले घटेर २१ सय १४ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ३७ अंकले घटेर १० हजार चार सय २६ दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुुचक पनि ५६ दशमलव शुन्य नौं अंकले घटेर १० हजार नौं सय ६६ दशमलव ९८ अंकमा झरेकोमा उत्पादनमुलक र लघुवित्त समुहको सुचकपनि क्रमशः ३४ दशमलव शुन्य छ र ३० दशमलव १३ अंकमा झरेको छ । बाँणिज्य बैंक समुहको सुचक भने ४५ दशमलव २० अंकले बढेर ११ सय २४ दशमलव २९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि १७ दशमलव ५७ अंकले बढेर चार हजार एक सय ६२ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ९२ अंकले बढेर २४ सय ७९ दशमलव ६१ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार नेपाल लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स परेको छ।