बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु.आर भुक्तानी कारोबारहरू गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधिको उपस्थितिमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अन्तर–आबद्दताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु.आर भुक्तानी गर्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाले मोरु डिजिटल वालेटको साझेदारीले कम्पनीको प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीमा थप सहजता प्रदान गर्ने बताए । यस्तै मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित भएका देशभरका १४ लाख व्यवसायीहरु माझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।