काठमाडौं । यही बैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायतसो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृतबैंकिङ्ग सेवा तथा सुविधासरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको आफ्नो एक सय २८ वटा शाखा संजाल, चार वटा एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, एक सय ६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।