काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र एनआएमबि एस क्याप्टिल लिमिटेडबिच सम्झौंता भएको छ । कम्पनीका अनुसार प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरिएको हो ।
सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।