मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

६२० किलोमिटर रेन्जदिने स्काईवेलको ईटी-५ काे अफरोड मोटर र्‍याली सम्पन्न, लन्च र डेलिभरी छिट्टै हुने !

शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । एनवाईअफ बिराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी यसयुभि ईटी ५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्त रुपमा इटहरी सोल्टी वेस्टेन्डबाट शुरु भएको ३ दिने र्‍यालीको कोशी प्रदेशका पर्यटनमन्त्री  गणेश उप्रेतीबाट सम्पन्न गरिएकाे छ ।

उक्त र्‍यालीको मुख्य प्रायोजक रहेको स्काईवेलको नेपालमै पहिलो सबै भन्दा धेरै रेन्ज ६२० किमी दिने पहिलो लक्जरी यसयुभि ईटी ५ ले २० वटा अन्य अफरोडमा ड्राईभ हुने जिप तथा पिकअपहरुसँगै उक्त र्‍याली गरेको हो ।

यो र्‍याली इटहरी, धरान, भेंडेटार एवं तमोर करीडोर हुँदै फिदिम बजारबाट ईलामको शाखेजुङ्गमा क्याम्पमा रात्रीकालिन वास बसी भोलि पल्ट इलाम फिक्कल, बिर्तामोड र दमकमा कार्यक्रमको समापन गरी पुन इटहरीबाट बिराटनगरमा सम्पन्न भएको थियो ।

उक्त अफरोड मोटर र्‍यालीको उद्धेश्य पुर्व क्षेत्रको पर्यटन वृद्धिमा सहयोग पुर्याउनुका साथै ईभी लक्जरी यसयुभिईटी ५ ले जस्तो सुकै कठिन बाटोमा पनि सहज यात्रा गर्न सकिने रहेको थियो ।

यसको अर्को विशेषता भनेको एक सिङ्ल फुल चार्जमा ६२० किमी भन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।

उनका अनुसार ईभी यसयुभिले कठिन बाटोको पनि पुर्ण लक्जरिका साथ ५ जनासम्मको परिवार यात्रा गर्दै क्याम्पिङ्गका समाग्रीसहित यात्रा गर्न सकिन्छ ।
‘आगामी दिनहरुमा पनि यस्ता धेरै यात्रा सहज छन्, स्काईवेलको ईटी ५ मा भन्ने प्रामाणित नै गर्नेछौं ।’ प्रबन्ध निर्देशक गेलालले भने ।

‘हामीले यो प्रीमियम यसयुभि नेपालमा लन्च गर्नु अगावै हाम्रा आम ग्राहकहरुले जस्तो सुकै बाटो त्यो नर्मल रोड होस वा एक्स्ट्रम अफरोड होस जहाँ पनि ढुक्कका साथ लान सक्नुहोस् भन्ने उद्देश्यका साथ यस र्‍यालीलाई प्रायोजनसहित सहभागिता जनाएका हौं ।’  उनले भने, ‘हाम्रो यस सवारीमा ग्राहकहरुले अत्याधुनिक आधुनिक फिचरसहित उच्च प्रविधि युक्त आरामदायी क्याबिन र लक्जरी सिट प्यानारोमिक सनरुफ एबम मुनरुफ र उच्च १९० यमयमको ग्राउन्ड क्लियारएन्स प्राप्त गरी एउटा पुर्ण यसयुभिको मज्जा लिन सक्नुहुनेछ ।’

यस मोटर र्‍यालीको सहभागिता एबम सवारीको पर्फरमेन्सले आफूहरु एकदम उत्साहित भएको बताउँदै प्रालिले हालसम्म नेपालमा ६२० किमी रेन्ज दिने प्रीमियम लक्जरी यसयुभिले यत्तिको कठिन यात्रा तय गरेको यो नै पहिलो भएको दाबी समेत गरेको छ ।

सवारीको पुर्ण लन्च र डेलिभरी एकदम चाँडो गर्ने तयारीमा रहेको बताउँदै आफ्नो कम्पनीले नै ५,००० किमी भन्दा बढी नेपालका सबैखाले भू-भागमा टेस्ट गरी ग्राहकको विस्वास जित्नेमा ढुक्क भएको विश्वास लिएको छ ।

यस्ता छन् यसका विशेषता

स्काइवेल ईटी ५, फाईभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त, ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटीछ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।

यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउने छ ।

स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।

जी मोटर्स बारे

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो । विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो। कम्पनीको हाल राधेराधे भक्तपुर, ईटहरी सुनसरीमा सोरुम छन भने नक्साल काठमान्डौं छिट्टै शुरु हुनेछ ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्डसहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।