चौरिदेउराली गाउँपालिका–८ स्याउपाखा सामुदायिक वनमा लागेको आगो फैलिएर सोही गाउँपालिका–८ खालडाँडा बस्ने शिब प्रसाद पन्तको घरमा बिहीबार साँझ आगलागी हुँदा घर, लत्ता कपडा, अन्नपात, भाँडावर्तन समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।