मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

शुक्रबार, चैत्र २३ २०८०

गैरआवासीय नेपाली संघले रुसमा पुन श्रम स्वीकृति खल्ुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपालीहरु अवैधानिक रुपमा सेनामा भर्ति भएको लगायतका कारण देखाई यसअघि सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएपनि सरकारले पुनः चैत २० गते मंगलबारबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्यालसँग मन्त्रालयमा भेटघाट गरेको हो । भेटमा अध्यक्ष डा केसी कुनैपनि कुरामा समस्या आउनासाथ त्यसमा प्रतिबन्ध लगाउने भन्द्या पनि त्यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने भन्दै श्रम स्वीकृति खुल्ला गर्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत मात्रै विषय मात्रै नभई समग्र राज्य सरोकारको विषय भएकोले सरकारले यथेचित रुपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नयाँ गन्तव्य मुलुकसँग जि टु जी मार्फत सम्झौता गरेर व्यवस्थित रुपमा कामदार पठाउन आग्रह
उक्त भेटमा अध्यक्ष डा केसीले पछिल्लो समय रोजगार गन्तव्य बनेका क्रोएशिया,रोमनिया लगायतका यूरोपेली मुलुकहरुमा नबुझीकनै जाने र समस्यामा पर्ने, दलालबाट ठगिने, लगायतका समस्या बढ्दै गएकोले अवगत गराउँदै सरकारी तहबाटै नयाँ गन्तव्य मुलुकको पहिचान गरेर सम्झौता गरी श्रम स्वीकृति दिएर व्यवस्थित तरिकाले कामदार उठाउन आग्रह गरे । यस्तै अध्यक्ष डा केसीले चेक रिपब्लिकमा श्रम खुलाउन सरकारको ध्यानाकर्षण गराए । मन्त्री अर्यालले मन्त्रालयले नयाँ गन्तव्य मुलुकको खोजी तथा अध्ययन गरिरहेको र नयाँ तथा सुरक्षित गन्तव्य मुलुकका कामदार पठाउन सरकारी तयारी रहेको र केही देशमा पहल भइरहेको उल्लेख गरे ।

कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह
अध्यक्ष डा केसीले हाल कुवेतमा समस्यामा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउन सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लङ्घन गरेका थिए, उनीहरुलाई स्वदेश फर्कन कुवेत सरकारले बाटो खुल्ला गरेपनि टिकट काट्ने रकम अभावमा नेपाल फर्कन नसकेकोले उनीहरुलाई फिर्ता गर्न सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए । कुवेत सरकारले रमदानको अवसर पारेर ४ वर्षपछि अवैधानिक रुपमा त्यहा“ रहेका आप्रवासीलाई स्वदेश फर्कन अनुमति दिएको हो । अध्यक्ष केसीले हाल २ हजार भन्दा बढी त्यस प्रकारका नेपाली कामदारहरु सो सुविधा पाएका र कुवेत स्थित नेपाली दुतावासमा गएर आवश्यक ट्राभल डकुमेण्ट समेत तयार गरिरहेको तर २०० भन्दा बढी नेपाली श्रमिकहरु घरफिर्तिका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका हुनाले ती नेपाली श्रमिकहरुका लागि घरफिर्ति कार्यमा आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।जवाफमा मन्त्री अर्यालले आफूहरुलाई पनि त्यसबारे जानकारी आएकोले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती श्रमिकलाई स्वदेश फिर्ता ल्याउनेबारे पहल गर्ने बताए ।

नीति निर्माणमा एनआरएनएलाई सहभागी गराउन आग्रह
उक्त भेटमा संघको तर्फबाट अध्यक्ष केसीले एनआरएनएले सरकारको सहयोगीकै रुपमा काम गर्दै आएको स्मरण गराउँदै नीति निर्माण गर्ने क्रममा आफूहरुलाई पनि सहभागी गराउन आग्रह गरे । वैदेशिक राृजगारी, गन्तव्य मुलुकको पहिचान तथा खोजी, विदेशमा समस्यामा परेका नेपाली श्रमिक लगायतका विषयमा नै संघले पनि काम गर्दै आएकोले अनुभव साटासाट मात्रै नभई नीति निर्माणमै आफ्नो भूमिका महत्वपूर्ण हुनसक्ने अध्यक्ष डा केसीको भनाई थियो । अध्यक्ष केसीको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै मन्त्री अर्यालले आफू मन्त्रालयमा भएसम्म सबै किसिमका नीति निर्माणमा सहभागी गराउने परिपाटीको सुरुवाल गर्ने उल्लेख गरे ।

यसका साथै भेटका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सृजना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न संघका अध्यक्ष डा बद्री केसीले आग्रह गरे । यस्तै श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा गैरआवसीय नेपाली संघलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुल्ला गर्न, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न संघको तर्फबाट प्रतिबद्धता जनाए ।
त्यस्तै, संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई र महिला सचिव राधिका गुरुङ (टीका)ले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारीमा जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न समेत आग्रह गर्नुभयो । आगामी जुनमा आयोजना गर्न लागिएको एनआरएनए प्रथम महिला सम्मेलनबारे पनि मन्त्री अर्याललाई जानकारी गराइएको थियो । श्रममन्त्री अर्यालले श्रमिकको हित हुने कार्यमा संघसँग समन्वय गरी अगाडि बढ्न मन्त्रालय तयार रहेको प्रतिक्रिया दिए । आजको भेटमा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्रको उपस्थिति थियो ।

 

 

With Best Regards,

 

 

Indra Laxmi Ghimire

Communication and Foreign Employment officer

Non-Resident Nepali Association (NRNA) Secretariat

Baluwatar, Subarna Shumsher Marga, Ward No. 4

POB 1189,  Kathmandu, Nepal

Tel: 977-1- 4526005; 4511530

URL: www.nrna.org

 

Indra Laxmi Ghimire Communication & Foreign Employment Officer <communicationofficer@nrna.org>
to: NRNA Media <media@nrna.org>,
Keshab Bhul <keshabbhul@gmail.com>
cc: Rajendra Kumar Raut NRNA CEO <ceo@nrna.org