मोरङको सुन्दरहरैचा नगरपालिका–६ जागृति टोल बस्ने ४५ वर्षीया निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
काभ्रेको खानिखोला गाउँपालिका–७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । पर्साको वीरगंज महानगरपालिका–१४ बहुअरीस्थित खुल्ला चौरमा साल नालसहितको नवजात शिशुको शव बुधबार फेला परेको छ । शिशुको लिङ्ग पहिचान हुन सकेको छैन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।