मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भूतपूर्व सैनिक सम्मेलन(२०८० सम्पन्न

सोमबार, चैत्र ५ २०८०

 

१। प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले भूतपूर्व सैनिकहरू सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतः स्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको र यस्तो जनशक्ति हिजोका दिनहरूमा जस्तै आज पनि महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको कुरा बताउनु भएको छ । अवकाश प्राप्त सकलदर्जा बिच एक आपसमा अनुभवहरू साट्‌ने, बहालवाला र अवकाशप्राप्त सैनिकहरू बिच सामीप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रमहरूको जानकारी गराई प्राप्त राय सुझावहरूबाट समयानुकूल सुधार गर्दै लैजाने उद्देश्यले उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरुको सहभागितामा आज मिति २०८० चैत्र ०४ गते मूल समारोह स्थल सैनिक मञ्च, टुँडिखेलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापतिले उक्त कुरा बताउनु भएको हो ।

२। त्यस अवसरमा नेपाली सेनाका सकलद‌र्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोष‌को रकमबाट बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत‌का क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास भइरहेको जानकारी गराउँदै प्रधान सेनापतिले हिताधिकारीको सेवा सुविधा विस्तारको लागि नयाँ नयाँ कार्यक्रमहरू समावेश गरेर मात्र नपुग्ने, त्यसका लागि सम्पूर्ण हिताधिकारीहरु जिम्मेवार, जागरूक, लगनशील र उद्यमशील हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अवकाशप्राप्त सकलदर्जाका सैनिकहरुलाई सेवाकालमा आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई परेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली सेनाको प्रतिनिधि पात्रको रुपमा सफल र समृध्द भई आफूलाई स्थापित गर्न अनुरोध गर्नुभयो ।

३। समारोहमा ९९ ९उनान्सय० वर्षकी श्रीमती ज्ञान कुमारी उपाध्यायलाई जेष्ठ एकल महिला सम्मान एवं ९७ वर्षका प्रमुख सुबेदार बेल बहादुर गुरुङ्ग ९अ।प्रा।० लाई जेष्ठ भूतपूर्व सैनिक सम्मान प्रदान गरिएको थियो भने १०० वर्षका अमल्दार खिम बहादुर बोहोरा क्षेत्री ९अ।प्रा।० लाई जेष्ठ भूतपूर्व शताब्दी पुरुषका रूपमा अभिनन्दनको व्यवस्था मिलाइएको जानकारी दिइएको थियो । त्यसै गरी, सर्वोत्कृष्ट उद्यमी हुनु भएका अमल्दार रुद्र बहादुर गुरुङ्ग ९अ।प्रा।० र उत्कृष्ट उद्यमी हुनु भएका जमदार कृष्ण श्रेष्ठ ९अ।प्रा।० को श्रीमती सविता श्रेष्ठलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सो क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका १६ ९सोह्र० जना अभिभावकहरूलाई सम्मान गरिनुका साथै, विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक हस्तान्तरण गरिएको थियो । यस्तै, फरक क्षमता भएका तथा अशक्त २० ९बीस० जना हिताधिकारीहरुलाई व्हिल चेयर तथा २२ ९बाइस० जनालाई अन्य उपकरण वितरण गरिएको थियो ।

४। कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, बलाधिकृत रथी श्री अशोकराज सिग्देल र नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री गौरव तण्डुल ९अ।प्रा।० उपस्थित हुनुहुन्थ्यो । यस्तै, रक्षा मन्त्रालयका पदाधिकारी, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, सुरक्षा निकायका पदाधिकारीहरू, लघुवित्त कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डसँग सहकार्य गर्दै आएको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । समारोहमा भू।पू। सैनिकहरूको तर्फबाट मार्चपाष्ट लगायत विविध साँस्कृतिक झाँकीका साथै, सैनिक व्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो ।

५। आजै काठमाडौँको वाहिटी, बालाजु र सुन्दरीजल, ललितपुरको लगनखेल, भक्तपुरको सुर्यविनायक र गठ्ठाघर, काभ्रेपलाञ्‍चोकको धुलिखेल एवं सिन्धुपाल्चोकको चौतारामा पनि भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।