सामुदायिक संस्था सानो पाईलाले महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ गरेको छ । स्कुल अफ वुमेन्स इन्टरप्रिनरशिप नामक परियोजनाको शुभारम्भ पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री पर्सा क्षेत्र नम्बर ४ का प्रतिनीधि सभा सदस्य रमेश रिजाल, पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रतिनीधि सभा सदस्य मनिष झा, प्रदेश सभा सदस्य श्याम पटेल लगायतको उपस्थितीमा शुभारम्भ भएको हो ।
सशक्त समुदायको निर्माणका लागि सानो पाईलाले इट्टा थप्ने काम गरेको पूर्व मन्त्री रिजालले बताए । एकल महिला तथा हिंसामा परेका महिला र विपन्न महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने कार्यको सह्राना गर्दै उनले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसियाले महिला सशक्तीकरणका लागि सीप अनिवार्य भएको बताए । सीप सिकेर आत्मनिर्भर बनेमा स्वतः आत्मविश्वास बृद्धि हुने उनको धारणा छ ।
अधिकांश तालिम बजेट सकाउने उद्देश्यले सञ्चालन हुने गरेको भएपनि सानो पाईलाले सञ्चालन गर्ने परियोजना वास्तवमै प्रभावकारी हुने गरेको प्रतिनीधि सभा सदस्य मनिष झाले बताए । उनले भने, ‘सानो पाईलाले तालिम मात्रै दिँदैन, स्रोतको व्यवस्थापन गर्छ र रोजगारी समेत प्रदान गर्छ । वास्तवमै अहिलेको समयमा यस्तै तालिमको खाँचो छ ।’
कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, जि टु एसियाका नेपाल प्रतिनीधि सुरेश तामाङ्, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशलाल चौधरी लगायतले महिला उद्यमशीलता र स्वरोजगारका बारेमा चर्चा गरेका थिए ।
सानो पाईलाका संस्थापक अध्यक्ष कञ्चन झाले सम्मुनत समाज निर्माणमा टेवा पु¥याउने हेतुले स्थापित संस्थाका परियोजनाको प्रभावकारीताका बारेमा प्रकाश पारेका थिए । सानो पाईलाका सञ्चार अधिकृत विवेक कर्णले संस्थाले सञ्चालन गरेका गतिविधि र परियोजनासँगै तिनको उद्देश्य र उपलब्धीका बारेमा प्रस्तुती दिएका थिए । सञ्चार अधिकृत कर्णकाअनुसार यस परियोजनामा महिलालाई विभिन्न सीप सिकाइनेछ । जसअन्र्तगत पर्साको पटेर्वासुगौली गाउँपालिकामा ३ महिनासम्म आवासिय हस्तकला सामग्री उत्पादन सम्बन्धी तालिम दिइनेछ भने ललितपुरमा कास्य परियोजनाअन्र्तगत गरगहना बनाउने तालिम सञ्चालन हुनेछ ।
सानो पाइलाद्वारा सञ्चालित कास्य परियोजनाकी बरिष्ठ कलाकार मिना नेपालले सांकेतीक भाषामा अतिथीहरुलाई स्वागत गरेकी थिइन् । दोभाषेको रुपमा अर्चना कर्णले सहयोग गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।
थप जानकारीः
विवेक कर्णः ९८११८५०२१५
Building Unified & Empowered Communities to Build Nepal
sanopaila.org | www.facebook.com/sanopaila | twitter.com/sanopaila
Head Office: Hospital Road, Chappkaiya-2, Birganj, Nepal
Telephone: +977-051-522203
Regional Offices:
Sanepa -2, Lalitpur, Nepal
Telephone: +977-01-5521416 | 5527049
Ramanand Chowk-8, Janakpurdham, Dhanusha
Telephone: +977-41-530531
Sano Paila <sanopaila@gmail.com>